जलविद्युत लगायत प्रत्यक्ष नियमनकारी निकाय नभएका संस्थाको हकप्रद र एफपिओ निष्काशनमा रोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जलविद्युत लगायत प्रत्यक्ष नियमनकारी निकाय नभएका संस्थाको हकप्रद र एफपिओ निष्काशनमा रोक



bordकाठमाडौं । नेपाल धितोपत्र बोर्डले तत्कालका लागि जलविद्युत लगायत प्रत्यक्ष नियमनकारी निकाय नभएका संस्थाको हकप्रद सेयर र फरदर पब्लिक अफरिङ (एफपिओ) निष्काशनका लागि रोक लगाएको छ । यस्ता कम्पनीहरुको बैंक वित्तीय संस्थाको जस्तो प्रत्यक्ष नियमनकारी निकाय नभएकाले तत्कालका लागि रोक लगाएको हो ।

बोर्डले नियमनकारी निकाय नभएको जलविद्युत लगायत अन्य क्षेत्रका कम्पनीहरुले हकप्रद सेयर निष्काशन तथा एफपिओमार्फत पूँजी बृद्धि गर्नका लागि छुट्टै मापदण्ड बनाउन लागेको छ । सोको लागि बोर्डले बोर्डले विज्ञहरु सहितको एक समिति गठन गरेको छ । साथै सो सम्बन्धमा सरोकारवालाहरुको राय सुझाव लिई एक महिना भित्र प्रतिवेदन पेश गर्ने उक्त समितिलाई निर्देशन दिएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बताए । समितिले प्रतिवेदन पेश गरेपछि सो सम्बन्धमा निर्णय गरी हकप्रद तथा एफपीओ निष्काशनका लागि खुला गरिने उनको तर्क छ ।

धितोपत्रको सार्वजनिक निष्काशन सम्बन्धमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को नियम ७ को उपनियम ६ मा बैंक, वित्तीय संस्था वा बीमा कम्पनी बाहेकका अन्य सार्वजनिक निष्काश नगर्ने संगठित संस्थाहरुले सार्वजनिक निष्काशन गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु उल्लेख भएपनि हकप्रद र एफपिओको वारेमा उक्त मापदण्डले नसमेट्ने हुँदा नयाँ बनाउनु परेको समितिद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

हाल २ वटा जलविद्युत कम्पनीले एफपीओ तथा हकप्रद निष्काशन गर्ने घोषणा गरेका थिए । बोर्डको यो निर्णयसँगै तत्कालका लागि उनीहरुको सो योजना विफल भएको छ । हाल जलविद्युत कम्पनीले हकप्रद तथा एफपीओ निष्काशनका लागि आवेदन दिएपनि सहमति नदिइएको उनको तर्क छ ।

समितिले नीतिगत व्यवस्था सिफारिश गर्ने हँुदा यस्ता सूचिकृत संगठित संस्थाहरु प्रति लगानीकर्ताको विश्वास बढ्न गई समग्र पूँजीवजारको समयानुकुल बिकास तथा विस्तार हुने जाने बोर्डको विश्वास छ ।

प्रकाशित : १४ भाद्र २०७३, मंगलवार १२:२२