प्राइम लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

प्राइम लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । प्राइम लाइफ इन्स्याेरेन्सको १५ दशमलव ८७ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । इन्स्याेरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ १० मंसिरमा गते बुक क्लोज गर्दै छ । 

प्राइम लाइफले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्नको लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले १९ मंसिरको दिउँसो २ बजे १४औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले हाल काम चुक्ता पुँजी दुई अर्ब ४१ करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ३६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनार्थ एक करोड ९० लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ।

प्रकाशित : ९ मंसिर २०७८, बिहीबार १०:१५