बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ १० मंसिरमा बुक क्लोज गर्दैछ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित २९ मंसिरको बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा २७औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभामा भर्चुअल तथा भौतिक उपस्थिति माध्यमबाट समेत सहभागिता जनाउन सकिनेछ ।

सभामा हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र करसहित चार प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । त्यसैगरी, प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन् ।

प्रकाशित : ९ मंसिर २०७८, बिहीबार १०:२०