चन्द्रागिरी हिल्स सूक्ष्म निगरानीबाट हट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

चन्द्रागिरी हिल्स सूक्ष्म निगरानीबाट हट्यो



काठमाडाैं । इक्रा नेपाल लिमिटेडले चन्द्रागिरी हिल्स लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएपी–आईआर) बीबी निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गर्नुका साथै प्रतिकूल प्रभावसहितको सूक्ष्म निगरानीबाट हटाएको छ।

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको र यो कुनै खास ऋणपत्रविशेषको राय भने नरहेको इक्राले जनाएको छ।

रेटिङ वर्ग (इक्राएपी–आईआर) एएदेखि (इक्राएपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्राएपी–आईआर) बीबी प्लसको स्थिति (इक्राएपी–आईआर) बीबीभन्दा एक चिह्न माथि रहन्छ। जब कि (इक्राएपी–आईआर) बीबी माइनसको स्थिति (इक्राएपी–आईआर) बीबीभन्दा एक चिह्न तल रहन्छ।

प्रकाशित : ९ मंसिर २०७८, बिहीबार १७:३७