कांग्रेस महाधिवेशन स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

कांग्रेस महाधिवेशन स्थगित



कैलाली । नेपाल कांग्रेस कैलाली–४ को महाधिवेशन स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिसम्बन्धी विवादका कारण महाधिवेशन स्थगित भएको हो । जिल्लाबाट १० जना महाधिवेशन छानिने भए पनि १०, ११ र १२ नम्बरका उम्मेदवारको समान मत आएपछि विवाद बढेको हो ।

पार्टीले १० मंसिरमा जिल्ला अधिवेशन आयोजना गरेको थियो । तर, प्रतिनिधिहरूमै विवाद देखिएपछि स्थगित गरेको हो । कैलाली–४ बाट सभापतिमा प्रकाशबहादुर बमले उम्मेदवारी घोषणा गरिसकेका छन्र । उनी अहिलेका उपसभापति पनि हुन् ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार १२:२५