रिलायन्स लाइफले माग्यो ठुलो संख्यामा कर्मचारी (सुचनासहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

रिलायन्स लाइफले माग्यो ठुलो संख्यामा कर्मचारी (सुचनासहित)



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले आफ्नो विभिन्न कार्यालयको लागि कर्मचारीको आवेदन माग गरेको हो ।

विभिन्न क्षेत्रिय कार्यालय, शाखा, उपशाखाका लागि प्रबन्धक, क्षेत्र प्रबन्धक, शाखा प्रमुख तथा बजार प्रतिनिधिको लागि कर्मचारी माग गरेको हो ।

प्रदेश ३ बाग्मती प्रदेशको लागि क्षेत्रिय प्रबन्धक, प्रदेश २ कम क्षेत्र प्रबन्धक, शाखा प्रमुख प्रदेश १, २, ३ र ४ मा, बजार प्रतिनिधिमा प्रदेश ३ र ५ मा कर्मचारी आवश्यक भएको भन्दै दरखास्त माग गरेको हो ।

इच्छुक व्यक्तिले सुचना प्रकाशन भएको ७ दिनभित्र कम्पनीको इमेलमा अनलाइन आवेदन दिन सक्ने कम्पनीले व्यवस्था गरेको छ ।

प्रकाशित : १२ मंसिर २०७८, आईतवार १५:०५