नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा बैंक नेपालको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले यी दुई कम्पनीको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

मेगा बैंकको सोमवार कायम अन्तिम मूल्य ३२२ रुपैयाँको आधारमा नेप्सेले १० प्रतिशत बोनस शेयरपछिको मूल्य २९२ दशमलव ७३ रुपैयाँ तोकेको छ भने ग्लोबल आइएमई लघुवित्तको सोमवार कायम अन्तिम मूल्य २ हजार १७५ दशमलव १० रुपैयाँको आधारमा २८ प्रतिशत बोनस शेयरपछिको मूल्य १ हजार ६९९ दशमलव ३० रुपैयाँ तोकेको छ ।

मेगा बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजन समेतका लागि २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २८ गते साधारण सभा गर्ने भएको छ ।

त्यस्तै, ग्लोबल आइएमई लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २८ गते साधारण सभा गर्ने तयारी गरेको छ ।

यी दुबै कम्पनीहरुले तय गरेको साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १४ गते बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोज पछिको मूल्य तोकेको हो । बुक क्लोजको आधारमा भने मंसिर १३ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलवार १०:२०