नेकपा एमालेको अध्यक्षमा ओली निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नेकपा एमालेको अध्यक्षमा ओली निर्वाचित



काठमाडाैं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । १० औँ महाधिवेशन अन्तर्गत भएको मतदानबाट ओली प्रत्याशी डा. भीमबहादुर रावललाई पराजित गर्दै अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई १५९५ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८०८ मत खस्दा रावलले २१३ मत पाए । साथै नाे भाेटमा ७५ मत खसेकाे छ ।

यसअघि २०७१ सालमा काठमाडौंमा भएको नवौँ महाधिवेशनले पनि ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो । 

यसपटक विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै परिणाम आएको हो । मंगलबार बिहान ४ बजेबाट मतदान प्रक्रिया सुरू भएको थियो । 

प्रकाशित : १४ मंसिर २०७८, मंगलवार १५:२८