फस्ट माइक्रोफाइनान्स लघुवित्तको १०.५३ प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

फस्ट माइक्रोफाइनान्स लघुवित्तको १०.५३ प्रतिशत लाभांश पारित



काठमाडौं । फष्ट्र माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले बिहीवार काठमाडौंमा १२ औं वार्षिक साधारण सभा सम्पन्न गरी गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव पारित गरेको हो ।

कम्पनीको भदौ १९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ९ करोड २२ लाख ९६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते एक दिन बुक क्लोज गरेकाले मंसिर २ गते बिहीवारसम्म कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् । यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश वितरण गरेको हो । विगत पाँच वर्षको लाभांश इतिहासलाई हेर्दा पनि कम्पनीले १७ दशमलव ८९ प्रतिशतसम्म लाभांश वितरण गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट कम्पनीले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत आर्थिक वर्ष ०७६/७७ सालको सञ्चित मुनाफाबाट पनि ९ दशमलव ५० प्रतिशत बोनस शेयर र ४ दशमलव १८ प्रतिशत कर समेत नगद लाभांश गरी कुल १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको कम्पनीको यस वर्ष भने लाभांश कम भएको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा २८ करोड १ लाख ७१ हजार रुपैयाँ रहेको छ । उक्त अवधिसम्म कम्पनीले १४ करोड १५ लाख २८ हजार रुपैयाँ खुद नाफा गरेको छ । चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १६ दशमलव १४ र प्रतिशेयर नेटवर्थ १३१ दशमलव ९५ रहेको छ ।

प्रकाशित : १६ मंसिर २०७८, बिहीबार १४:०८