लाभांश प्रस्ताव पारित गर्न लुम्बिनी बैंकले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

लाभांश प्रस्ताव पारित गर्न लुम्बिनी बैंकले बोलायो साधारणसभा



काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ । बैंकले ९ पुसमा साधारणसभा बाेलाएकाे हाे । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ । 

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमाा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने लगागतको एजेण्डा छ ।

साधारणसभा प्रयोजनका लागि २७ मंसिरमा बुक क्लोज गर्ने बैंकले जनाएको छ । 

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार १०:०२