नेपाल र कतारबीच श्रम सम्झाैता पुनारावलोकन गर्ने सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेपाल र कतारबीच श्रम सम्झाैता पुनारावलोकन गर्ने सहमति



काठमाडाैं । नेपाल र कतार बीच श्रम सम्झाैता पुनारावलोकन गर्ने सहमति भएको छ । शुक्रबार भएकोनेपाल र कतारको बैठकमा श्रम सम्झाैता पुनरावलोकन गर्ने सहमती भएको हो ।

नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरूको आर्थिक सामाजिक पुनर्एकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अगाडि बढ्न कतार पक्षले सहमति जनाएको छ । साथै कतार भिसा सेन्टरलाई थप व्यवस्थित गर्न पनि कतार पक्ष सहमत भएको हो ।

नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले ७ वटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न पनि सहमति भएको हो । घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि यो विषयमा निर्णय गर्न दुई पक्षीय संयुक्त समिति गठन गर्ने र त्यसको सुझावलाई श्रम सम्झौता पुनरावलोकनका क्रममा समेट्ने सहमति भएको छ ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार १६:४०