मर्जर र एक्विजिशनको प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाको शेयर कारोबार गर्न बाटो खुल्लो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मर्जर र एक्विजिशनको प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाको शेयर कारोबार गर्न बाटो खुल्लो



काठमाडौं, २४  भदौ । मर्जर र एक्विजिशनको प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको शेयर कारोबार गर्न बाटो खुल्लो भएको छ । नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिशन सम्बन्धी विनियमावली संशोधन गरेर मर्जर र एक्विजिशनको अन्तिम चरणमा रहेका बैंक तथा वित्तिय संस्थाहरुले पनि शेयरबजारमा कारोबार गर्न सक्ने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार मर्जर वा एक्विजिशनको प्रक्रियामा रहेका वित्तिय संस्थाहरु सहमत भएको अवस्थामा राष्ट्र बैंकमा अन्तिम स्वीकृतिको लागि निवेदन पेश गरे पश्चात् शेयर कारोबार फुकुवा गर्न सक्नेछन् ।

यसअघि गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) कार्य सम्पन्न भए पश्चात् रोक्का रहेको शेयर कारोबारलाई आवश्यक प्रक्रियाबाट फुकुवा गर्ने व्यवस्था रहेको थियो ।

अब बैंक तथा वित्तीय संस्थाले सैद्धान्तिक सहमतीपछि मर्जर तोड्दा कारवाही गरिने भएको छ । सैद्धान्तिक सहमति प्राप्त गरेपछि वा अन्तिम स्वीकृति प्राप्त गरेपछि वा अन्य कारणले राष्ट्र बैंकले यस्तो प्रक्रियालाई बदर गर्नु परेमा सञ्चालक अयोग्य हुने , आधारभुत शेयर धनीको शेयर खरिद बिक्री रोक्ने र निश्चित समयसम्म राष्ट्र बैंकले गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) प्रक्रियामा सामेल हुन रोक लगाउने भएको छ ।

संशोधन पश्चात् ल्याएको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ ले यस्तो व्यवस्था गरेको हो ।

यता, विनियमावलीले सेयर स्वाप अनुपात गणाना विधिलाई पनि थप बैज्ञानिक बनाएको छ । मर्जर वा प्राप्तिको क्रममा संस्थाहरुको सम्पत्तीको मूल्यांकन गर्दा प्रचलित बजार मूल्यलाई आधार लिनुपर्ने भएको छ । सम्पति मूल्यांकन गर्दा ‘गुडविल’ भने समावेश गर्न नपाइने भएको छ ।

प्रकाशित : २४ भाद्र २०७३, शुक्रबार ०८:३३