दशैका लागि बसको अग्रिम टिकट असोज १ गतेदेखि खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दशैका लागि बसको अग्रिम टिकट असोज १ गतेदेखि खुल्ने



काठमाडाै २४ भदाै । दशैका लागि बसको अग्रिम टिकट असोज १ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्थापन विभागका अनुसार उपत्यकाका १२ वटा स्थान र तराई तथा पहाडी भेगका १० वटा स्थानमा अग्रिम बुकिङका लागि टिकट काउण्टरको व्यवस्था गरिने छ ।

गत मंगलबार सवारीसाधन, मजदुर र यात्रुको सुरक्षाका विषयमा विभागमा यातायात मन्त्रालयमा मन्त्रीको संयोजकत्वमा गृहमन्त्रालय, ट्राफिक प्रहरी, प्रहरी महानिरीक्षक सम्मिलित बैठकबाट असोजको पहिलो साता नै बुकिङ खोल्नुपर्ने निष्कर्षमा पुगेको उनले बताए ।

बैठकमा  सुरक्षाका लागि विभिन्न स्थानमा प्रहरी तैनाथ गर्ने र कालोबजारी नियन्त्रण गर्न विभागका प्रतिनिधि सहित टोली परिचालन गरी अनुगमन गर्ने निर्णय गरिएको छ भने कानुन विपरित जानेलाई कडा कारबाही गरिने बताइएको छ । कालोबजारी निरुत्साहित पार्न अनुगमनका लागि विभाग र प्रहरीको संयुक्त टोली समेत पठाउने तयारी भइरहेको छ ।

दसैंमा उपत्यकाका ७० प्रतिशत मानिसहरु बाहिरिने गरेका छन् । फुलपातीदेखि अष्टमीसम्म दैनिक तीन हजारका दरले यात्रुबाहक बस काठमाडौं बाहिरिने गरेको बताइन्छ ।

प्रकाशित : २४ भाद्र २०७३, शुक्रबार १६:२०