स्वरोजगार कोषमा फर्किएका डा.रोक्का भन्छन् :सरकारप्रति कुनै गुनासो छैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वरोजगार कोषमा फर्किएका डा.रोक्का भन्छन् :सरकारप्रति कुनै गुनासो छैन




काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा.कल्याण रोक्काले कोषको स्रोत र साधनले भ्याएसम्म बेरोजगार युवालाई उद्यमी बनाउने बताएका छन् ।

कार्यकारी उपाध्यक्ष रोक्कालाई सर्वोच्च अदालतले कोषमा नै काम गर्ने गरी अन्तरिम आदेश दिएसँगै सोमबार पुनः कार्यभार सम्हाल्दै यस्तो बताएका हुन् ।
रोक्काले सरकारले राजनीतिक पूर्वाग्रह राखेर हटाएको भए पनि अदालतले न्याए दिएको बताए । उनले वेरोजगार युवालाई स्वरोजगार बनाउने आफ्नो कामदेखी तर्सिएर हटाएको जिकिर गरे ।

रोक्काले वर्तमान सरकारप्रति कुनै गुनासो नरहेको भन्दै काम गर्ने मान्छेलाई जुनसुकै पार्टीको सरकार आए पनि फरक नपर्ने बताए । ओली सरकार ढलेसँगै देउवा सरकारले उालाई कोषबाट हटाएको थियो ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार २०:४४