माओवादी प्रदेश १ अधिवेशन : बुधबार साँझ ७ बजेदेखि मतदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

माओवादी प्रदेश १ अधिवेशन : बुधबार साँझ ७ बजेदेखि मतदान



विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन समितिले बुधबार साँझ ७ बजेदेखि मतदान हुन गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको छ । 

निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २५९ जनाले मतदान गर्नेछन् । माओवादी केन्द्रको प्रदेश समितिमा ९ जना पदाधिकारी रहने व्यवस्था छ ।

सहमतिको प्रयासका नाममा १२ दिनसम्म चुनाव नगरी बसेको माओवादीले चुनाव र मतगणना तथा शपथग्रहणसमेत बुधबार (आजै) गर्ने भएको छ । 

सर्वसम्मत गर्ने प्रयास असफल भएपछि मतदानबाट टुंग्याउनका लागि मतदानको सम्पूर्ण तयारी थालिएको निर्वाचन समितिका संयोजक राजन किरातिले बताए । 

निर्वाचन समितिले शपथ ग्रहण राति ११ः३० बजेका लागि तोकेको छ । अध्यक्ष पदमा हर्कबहादुर लावती र मोक्साहाङ मेन्याङ्बो मुख्य दाबेदार देखिएका छन् । उनीहरुबीच सहमति नभएपछि मतादानबाट नेतृत्व टुगाउन लागिएको हो । गत २५ मंसिरदेखि अधिवेशन सुरु भएको थियो । 

प्रकाशित : ७ पुष २०७८, बुधबार १८:०६