नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन



काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बुटवल पावर कम्पनी लिमिटेडको बोनस शेयर र समृद्धि फाइनान्सको हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

समृद्धि फाइनान्सको गत बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ४९२ को आधारमा नेप्सेले ५० प्रतिशत बोनस शेयरपछिको मल्य रू. ३६१ दशमलव ३३ तोकेको हो । त्यस्तै बुटवल पावर कम्पनी लिमिटेडको बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ४८२ दशमलव ६० को आधारमा १० प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. ४३८ दशमलव ७३ तोकेको छ ।

समृद्धि फाइनान्सले हकप्रद शेयर प्रयोजनका लागि र बुटवल पावर कम्पनीले बोनस शेयर र साधारण सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोज पछिको मूल्य तोकेको हो ।

बुटवल पावर कम्पनीले १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित उक्त लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २६ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोजको मिति तय गरेको हो ।

समृद्धि फाइनान्सले भने पुस ११ गते एक दिन मात्र बुक क्लोज गरेको छ । साउन १५ गते २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले मंसिर २९ गते अनुमति पाएको हो । हाल रू. ५४ करोड ५९ लाख ४१ हजार चुक्तापूँजी कम्पनीले रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । हकप्रद शेयर निष्कासनको मिति भने कम्पनीले हालसम्म तय गरेको छैन् ।

प्रकाशित : ११ पुष २०७८, आईतवार १०:५३