सहकारीका सदस्यलाई लाभांश स्वरुप इन्डकसन चुलो प्रदान गर्न सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सहकारीका सदस्यलाई लाभांश स्वरुप इन्डकसन चुलो प्रदान गर्न सुझाव



काठमाडौं । श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्थाको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

शुभकामना मन्तव्य दिने क्रममा उर्जा मन्त्री भुसालले आउने आर्थिक वर्षमा संस्थाले प्रत्यक सदस्यलाई लाभांस स्वरुप इन्डकसन चुलो प्रदान गर्न सुझाव दिएकी थिइन । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफुसंग भएको पैसालाई घरमा नराखि लगानी वा वितिय संस्थामा राखि थप पैसा आर्जन गर्न सुझाव दिए ।

त्यस्तै ज्यापु समाज यलका प्रथम उपाध्यक्ष सविना अवालेले कोरनाले ठलिएको अर्थतन्त्रमा पनि संस्थाको सन्तुलित आर्थिक प्रतिवेदन प्रति सन्तोस व्यक्त गरेका थिए । सस्थाले आव २०७७।७८ मा संस्थाको शेयर पुँजी ८ करोड ६ लाख ३२ हजार ९ सय रहेको छ । संस्थामा सक्रिय १ हजार ८ सय २८ जना सदस्य आबद्ध भएका छन् । उक्त अवधिमा संस्थाको जगेडा कोषमा २ करोड ८१ लाख ११ हजार ७ सय ९ रुपियाँ रहेको प्रतिवेदन संस्थाका प्रस्तुत गरिएको थियो ।

त्यस्तै संस्थाले ५१ करोड ५७ लाख ४१ हजार ५ सयं ४२ रुपियाँ निक्षेप संकलन गरी २६ करोड ९० लाख ९७ हजार २ सयं ४१ रुपियाँ कर्जा लगानी गरेको छ । सहकारीले गोदावरी नगरपालिका स्थित लेलेमा १२ रोपनी १४ आन ३ पैसा कृषि परियोजनोको लागि जग्गा खरिद गरेको छ ।

प्रकाशित : २५ पुष २०७८, आईतवार १०:५८