सिन्धु विकास बैंकको सीइओमा गिरी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सिन्धु विकास बैंकको सीइओमा गिरी नियुक्त



काठमाडाैं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा राम कुमार गिरी नियुक्त भएका छन् । सोमबार बसेको संचालक समितिको बैठकले पुस २६ गते सोमबार बाट नै लागु हुने गरि उनलाई सीइओ नियुक्त गरेको हो ।

उनको कार्यकाल ४ वर्षको हुने छ । यस अघि गीरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले आफ्नो व्यक्तिगत कारण खुलाई कार्तिक १ गतेदेखि लागु हुने गरि राजिनामा दिएका थिए । त्यसपछि बैंकले नायव प्रमुख कार्यकारी अधिकृत रहेका राम कुमार गिरीलाई कार्तिक १ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । अब उनी पुर्णकालिन सीइओ भएका हुन् ।

प्रकाशित : २७ पुष २०७८, मंगलवार १३:३१