उर्जा संकटकाल विधेयक अगाडी बढाउन अर्थ मन्त्रालय बाधक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उर्जा संकटकाल विधेयक अगाडी बढाउन अर्थ मन्त्रालय बाधक



ministry-of-finance-696x440काठमाडौं, ५ असोज  । १० वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष कार्यान्वयनका लागि ल्याउनुपर्ने उर्जा संकटकाल विधेयक अर्थ मन्त्रालयमा अड्किएको छ ।

८ फागुन २०७२ मा मन्त्रिपरिषदले पारित गरेको राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी कार्ययोजनाले तीन महिनाभित्र उर्जा संकटकाल विधेयक ल्याउने घोषणा गरेकोमा अहिले अर्थ मन्त्रालयमा अड्किएको छ ।

मन्त्रिपरिषद्ले कार्ययोजना पारित गरेको ७ महिना वितिसकेको छ तर हालसम्म मन्त्रिपरिषद्बाट पारित गरेर संसदमा समेत पुगेको छैन । ढिलो गरी गत असारमा मात्र उर्जा मन्त्रालयले विधेयकको मस्यौदा अर्थ मन्त्रालयमा पठाएको थियो । आजको कारोबार दैनिकबाट ।

प्रकाशित : ५ आश्विन २०७३, बुधबार ०२:५२