सिद्धार्थ बैंकको साधारण सभा भर्चुअल माध्यमबाट हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिद्धार्थ बैंकको साधारण सभा भर्चुअल माध्यमबाट हुने



काठमाडौं । कोरोना महामारीका कारण सिद्धार्थ बैंकको पुस ३० गते हुने भनिएको साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ । कम्पनीले सभा सिल्भर ओक ब्याक्वेंट गैह्रिधारा, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

कम्पनीले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न तथा बचाउनका लागि सम्पूर्ण शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट साधारण सभामा सहभागिता जनाउन बैंकले आग्रह गरेको छ ।

सभामा सहभागि हुन तथा मन्तव्य राख्न चाहने शेयरधनीले सभा शुरु हुनुभन्दा २४ घण्टा अगाडि आफ्नो परिचयपत्र, डिम्याट खाता खोलिएको प्रमाणको स्क्यान कपी समावेश गरी इमेल ठेगानामा पठाउनु पर्ने बे.कले जनाएको छ ।

सभाले प्रस्तावित १४ दशमलव २५ प्रतिशत बोनश शेयर र शून्य दशलमव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रकाशित : २७ पुष २०७८, मंगलवार १४:२७