कामना सेवा विकास बैंकको ३१ हजार ७२९ कित्ता संस्थापक शेयर विक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

कामना सेवा विकास बैंकको ३१ हजार ७२९ कित्ता संस्थापक शेयर विक्रीमा



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको ३१ हजार ७२९ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न सकिने गरी विक्रीमा आएको छ । कम्पनीले रुपेश थापाको नाममा रहेको ४ हजार ८३५ कित्ता र श्रीराम पाण्डेको नाममा रहेको नाममा रहेको २६ हजार ८९४ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

कम्पनीले पुस २८ गते विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुन नसकेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री खुला भएको जानकारी दिएको हो । यो शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर,काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

यस अघि कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी ३५ दिने सुचना जारी गरेको थियो । उक्त अवधिमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गर्न लागिएको हो ।

प्रकाशित : २८ पुष २०७८, बुधबार १२:१४