बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ बाँसबारी बस्ने लमजुङ मर्स्याङदी गाउँपालिका–५ घर भएका ५२ वर्षीय प्रेम बहादुर गुरुङ रहेको छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७५ माघ २९ गतेको फैसलाले ५ दिन कैद र नगद १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चक्रपथबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराईएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित : २८ पुष २०७८, बुधबार १८:२५