नेप्सेमा ५४.१२ अंकको वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

नेप्सेमा ५४.१२ अंकको वृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५४.१२ अंकले बढेर दुई हजार ८ सय ५७ दशमलब ७५ विन्दुमा पुगेको हो । आज अन्य बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स उपसूचक ३ दशमलव ६७ प्रतिशतले बढेको छ । आज १७९ कम्पनीको शेयर मुल्य बढेको छ भने ८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२४ वटा कम्पनीको१ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ३४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनकिो शेयर मुल्य ७५० रुपैयाँ कायम भएको छ । अपि पावर कम्पनीको २३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

निफ्राको २२ करोड २९ लाख रुपैयाँको शयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३९२ रुपैयाँ कायम भएको छ । हाइड्रोइलेक्टीसिटको द्द१ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १४ करोडमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै मध्य भोटेकोशीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । माउन्टेन हाइड्रोका लगानीकर्ताले ९ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नविल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनकिा इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित : २९ पुष २०७८, बिहीबार १५:१८