कृषि विकास बैंकको लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

कृषि विकास बैंकको लाभांश पारित



काठमाडौं । कृषि विकास बैंकको आर्थिक वर्ष २०७७।७८ को वार्षिक साधरणसभा सम्पन्न गरेको छ । उक्त साधारणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ । बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा विहीबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिनु भएका शेयरधनीहरुले उठाएको जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष रमेश कुमार क.सी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्पष्ट पारेका थिए ।

बैंक संचालक समितिका सदस्यहरु रमेश दुवाडी, प्रकाश कुमार सन्जेल., संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरांगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिती रहेको थियो । साधरणसभाको संचालन बैंकका कम्पनी सचिव श्री हिमलाल पौडेलले गरेका थिए ।

प्रकाशित : २९ पुष २०७८, बिहीबार १५:२२