वैरो संघमा चुनावको रस्साकस्सी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वैरो संघमा चुनावको रस्साकस्सी



baideshik-rojgarकाठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसाय संघको निर्वाचन यही असार १७ गते हुने भएको छ । पछिल्लो समय व्यवसायले व्यापकता पाएसंगै राजनीतिक रंग लिइसकेको यो संघमा पनि नेतृत्व चयनको विषयमा विवादरहित बन्न सकेको छैन् । कांग्रेस निकट मानिने लोकतान्त्रिक फोरम होस् वा एमाले निकट प्रगतीशील व्यवसायी संघ र पछिल्लो समय विशुद्ध व्यवसायी र स्वतन्त्र उम्मेदवार भन्ने नाराका साथ अगाडि आएको स्वतन्त्र समुह । अहिले आफ्नो व्यवसाय र व्यवसायीको पक्षमा वकालत गर्दै चुनावी मैदानमा उत्रिएका छन् ।

स्वतन्त्र समूहले किरण किशोर घिमिरेको अध्यक्षतामा ३ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र केही सदस्य सहितको प्यानल घोषणा गरेको छ । घोषणा गरिएको प्यानलमा १ जना उपाध्यक्ष पछि तय गर्नेगरी शमशेर गुरुङ प्रथम उपाध्यक्ष र राधिका कटुवाललाई द्धितिय उपाध्यक्षमा प्रस्ताव गरेको छ । त्यस्तै व्यवसायमा लामो अनुभव संगालेका सुजित श्रेष्ठ महासचिवको प्रतिस्पर्धामा चुनावी मैदानमा उत्रिएका छन् । भने चिरन्जिवी बस्याल सचिव र कोषाध्यक्ष पछि तय गर्ने भएको छ । त्यस्तै सदस्यमा बलराम तामाङ, लक्ष्मण गुरुङ, सञ्जय देवकोटा, साजन कटुवाल लगायत चुनावी मैदानमा रहेका छन् ।

घोषित प्यानललाई शुभकामना दिंदै वर्तमान अध्यक्ष हंसराज वाग्लेले वैदेशिक रोजगार व्यवसायमा भित्रिएको राजनीति प्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्तो हुन नहुने धारणा राखे । उनले आफू पनि लोकतान्त्रिक फोरमबाट यस संघको नेतृत्वमा पुगेको स्मरण गर्दै व्यक्तिगत रुपमा राजनीतिक झण्डा मुनि भएपनि व्यवसायलाई राजनीतिक रंग नदिन चुनावी अभियानमा रहेका व्यक्तिलाई अनुरोध गरे ।

त्यस्तै स्वतन्त्र समूहबाट अध्यक्षको प्रत्याशी उम्मेदवार किरण किशोर घिमिरेले आफ्नो नेतृत्व विशुद्ध व्यवसायी हकहितको पक्षमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले व्यवसायमा देखिएको राजनीति रंगले व्यवसायी आफ्ना मुद्दामा एकजुट हुन नसक्दा व्यवसायी मात्रै नभई व्यवसाय नै धरापमा परेको उल्लेख गरे ।

स्वतन्त्र समुहसंगै प्रगतिशील व्यवसाय समुह र लोकतान्त्रिक फोरमले पनि आआफ्ना तर्फका प्यानल घोषणा गर्ने भएका छन् ।

प्रकाशित : २९ जेष्ठ २०७२, शुक्रबार १५:५०