तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीको १४औं वार्षिक साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीको १४औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडाैं । तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ, काठमाण्डौका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष मनोज कुमार थापा मगरको सभापतित्वमा सभा सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको कलंकी शाखाप्रमुख राम कुमार तिमिल्सिना अतिथि रहेका थिए ।

सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष थापाले कोरोना भाइरसका कारण समग्र क्षेत्रमा असर परेसँगै संस्थाको कारोबार र लक्षित कार्यक्रमहरुमा समेत प्रभाव परेको उल्लेख गरे । उनले संस्थाको बहुउद्देश्यीय प्रकृति अनुरुप नै कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन एवं सेवा क्षेत्रमा संभावित परियोजनाको अध्ययन गरी अन्य सहकारी संस्थासँगको सहकार्यमा लगानी गर्ने उल्लेख गरे ।

संस्थाले आ.व. २०७७।७८ को असार मसान्तसम्म ६ करोड ३७ लाख, जगेडा तथा कोषहरुमा ३ करोड ९७ लाख, बचत संकलन ५३ करोड ४७ लाख र कर्जा ६७ करोड ८५ लाख रहेको छ । त्यस अवधिमा संस्थाले १ करोड ७५ लाख खुद नाफा आर्जन गरेको छ ।

लेखा सुपरीवेक्षण समिति संयोजक राम प्रसाद श्रेष्ठले बहुउद्देश्यीय संस्था भएकाले सहकारी ऐन २०७४ र नियमावली ७५ अनुसार कार्यहरु विकास गर्नुपर्ने तथा लगानीयोग्य पुँजी निर्माणका लागि पुँजी वृद्धि योजना प्रभावकारी ढंगबाट लागु गर्नुपर्ने, सदस्यहरुमा नियमित मासिक बचत अनिवार्य र निरन्तर गर्नुपर्ने सुझाव सभामा दिए ।

गत आर्थिक वर्षमा संस्थाले ९ परिवारलाई मृत्यु राहत, ४ सदस्यलाई स्वास्थ्य उपचार, २ जना सदस्यलाई अल्पकालिन सापटी र २१ जना सदस्यलाई प्रसुति सेवा सुविधा प्रदान गरेको जनाएको छ ।

प्रकाशित : २ माघ २०७८, आईतवार १६:१४