लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ३ दिने तालिम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ३ दिने तालिम सम्पन्न



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ३ दिने तालीम सम्पन्न भएको छ । इन्स्योरेन्सले संखुवासभाको खांदवारीमा यहि पौष २० गतेदेखि ३ दिनसम्म “कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम” सम्पन्न गरेको छ ।

२६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको उक्त तालिममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गरेको इन्स्योरेनसले जनाएको छ ।

तालिममा जिल्ला समन्वय समितिका संयोजकसुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेल लगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित : २ माघ २०७८, आईतवार २०:१२