सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने , धार्मिक स्थलमा यसतो छ ब्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने , धार्मिक स्थलमा यसतो छ ब्यवस्था



काठमाडौं । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३६ बुँदे आदेश जारी गरेको छ ।

पछिल्लो मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम, उपचार, नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरेको हो ।

सो आदेश अनुसार अब आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिसभेला हुने क्रियाकलाप माघ मशान्तसम्म सञ्चालन गर्न नपाइने भएको छ ।

सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ । सरकारले मठमन्दीर, गुम्बा लगायतका धार्मिक स्थलहरुमा नित्यपूजा मात्र गर्न दिने निर्णय गरेको छ ।

सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ । मार्क अनिवार्य गरिएको छ ।

साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।

सरकारले जारी गरेको ओमिक्रोन भेरियन्ट नियन्त्रण सम्बन्धी आदेशमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै नित्यपूजा÷ध्यान मात्र गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

प्रकाशित : २ माघ २०७८, आईतवार २०:२४