एक करोड ७० लाख कित्ता शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

एक करोड ७० लाख कित्ता शेयर सुचिकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार १ करोड ७० लाख कित्ता शेयर सुचिकृत भएको छ । आज मेगा बैंक र एक्सेल डेभलपमेन्ट बैंकको गरि कुल १ करोड ७० लाख ८८ हजार ३ सय २८ दशमलव ६३१२ कित्ता शेयर सुचिकृत भएको हो ।

मेगा बैंकको बोनस शेयर सुचिकृत भएको हो भने एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुचिकृत भएको हो ।

मेगा बैंकको १० प्रतिशतले हुन आउने १ करोड ४६ लाख ५४ हजार ९ सय ६४ दशमलव ९५७ कित्ता बोनस शेयर सुचिकृत भएको हो । त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशतले हुन आउने २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

प्रकाशित : ३ माघ २०७८, सोमबार १४:०८