जनरल इन्स्योरेन्स कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

जनरल इन्स्योरेन्स कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ता सम्बन्धि ३ दिने तालिम सम्पन्न गरेको छ । कम्पनीले पुस २१ गते देखि २३ गते सम्म उक्त तालिम संचालन गरेको हो ।

बीमा समितिका प्रतिनिधि कुन्दन सापकोटा र दिपक पोखरेलको अतिथ्यमा पर्सा जिल्ला स्थित विरगञ्जमा तालिम सम्पन्न भएको हो । उक्त क्षति मुल्याङ्कनकर्ताको तालिम कार्यक्रममा रसुवा,सिरहा,पर्सा लगायत जिल्लाका प्रतिनिधि एवम स्थानिय व्यक्ति तथा निकायहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उद्घाटन कम्पनीका सहायक महाप्रबन्धक विनेश मास्केले गरेका थिए भने सहभागीहरुलाई तालिम कार्यक्रमका संयोजक रामप्रसाद पौडेलले प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित : ४ माघ २०७८, मंगलवार २०:२२