फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले कति कमायो नाफा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले कति कमायो नाफा ?



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १० करोड ४४ लाख ३२ हजार ६७० रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३८.६६ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा कम्पनीले ७ करोड ५६ लाख १६ हजार ५९३ रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको वितरणयोग्य नाफा ६ करोड ९६ लाख ८१ हजार ४७ रुपैयाँ रहेको हो ।

पुस मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी १८ करोड २३ लाख १८ हजार ५७ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १२ करोड १५ लाख १३ हजार ५३९ रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा पुस मसान्तसम्ममा १४ करोड ८८ लाख ३५ हजार ४२६ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १० करोड २५ लाख ६८ हजार ८४९ रुपैयाँ रहेको थियो ।

९६ करोड ४४ लाख ९२ हजार ४०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १५ करोड २४ लाख २४ हजार ३०४ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ३७ पैसा रहेको छ ।

प्रकाशित : ५ माघ २०७८, बुधबार ११:३१