रेमिट्यान्स भित्रिने क्रम घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रेमिट्यान्स भित्रिने क्रम घट्यो



money2-390x293काठमाडौं, ६ असोज । चालु आर्थिक वर्षको पहिलो एक महिनामै रेमिट्यान्स भित्रिने क्रम घटेको छ । साउन महिनामा रेमिट्यान्स आउने क्रम दुई दशमलब ५ प्रतिशतले घटेर ५१ अर्ब ५१ अर्ब ९४ करोडमा सिमित भएको हो ।

गत आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स २६ दशमलब ३ प्रतिशतले बढेको थियो । रेमिट्यान्स घटेपछि खुद ट्रान्सफर आय पनि २ दशमलब ५ प्रतिशतले कम भएर ५९ अर्ब ७९ करोड रुपैंयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २९.७ प्रतिशतले बढेको थियो ।

प्रकाशित : ६ आश्विन २०७३, बिहीबार १४:२७