नेपाली बजारमा सुन चाँदीको मूल्य कत्ति छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेपाली बजारमा सुन चाँदीको मूल्य कत्ति छ ?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।

मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ६ सय रहेकोमा आज तोलामा १ सयले वृद्धि भइ प्रतितोला छापावाला सुन ९२ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे हाे ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार २ सय रहेको छ । मंगलबार चाँदीको मूल्य १ हजार २ सय ५५ रहेको थियो । आज सामान्य वृद्धि भई १ हजार २ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : ५ माघ २०७८, बुधबार ११:३८