सिद्धार्थ बैंकको संस्थापक शेयर विक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्धार्थ बैंकको संस्थापक शेयर विक्रीमा



काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी पवन कुमार सरार्फ तथा रस्मी जैनले आफ्नो नाममा रहेको शेयर विक्री गर्न लागेको हो । कम्पनीले एक सुचना जारी गर्दै विक्रीका लागि आह्वान गरेको हो ।

उक्त शेयरको मूल्य र शेयर संख्या भने तोकिएको छैन् । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यस सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ । शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई विक्री खुला गरिने बैंकले सुचनामा उल्लेख गरेको छ ।

प्रकाशित : ५ माघ २०७८, बुधबार १३:२४