अष्ट्रेलियामा नेपाली विद्यार्थीले २० घन्टा बढी काम गर्न पाउने, गृहमन्त्री खाँणले गरेको प्रस्ताव सम्बोधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

अष्ट्रेलियामा नेपाली विद्यार्थीले २० घन्टा बढी काम गर्न पाउने, गृहमन्त्री खाँणले गरेको प्रस्ताव सम्बोधन



काठमाडौं । अष्ट्रेलियामा बसेर अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुका लागि पढाइसँगै रोजगारी गर्न केही सहज हुने भएको छ ।

केही दिन अगाडी नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपालका लागि अस्ट्रेलियाकि राजदुत फेलिसिटी भोल्कसँगको भेटपछि नेपाली विद्यार्थीको हितमा सम्बोधन भएको छ ।

भेटमा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको समस्यालाई आत्मसाथ गर्दै हप्तामा २० घन्टा भन्दा बढी काम गर्न पाउने वातावरण मिलाउन गृहमन्त्रीले खाँणले गरेको आग्रहलाई सकरात्मक रुपमा लिएसँग प्रस्ताव सम्बोधन भएको छ । अष्ट्रेलिया अन्तराष्ट्रिय विद्यार्थीहरूको लागि संयुक्त राज्य अमेरिका र बेलायत पछाडि तेस्रो सबैभन्दा लोकप्रिय गन्तव्य हो।

बुधबार अस्ट्रेलियाका प्रधानमन्त्रीको वक्तव्यमा उक्त कुरा समाबेश भएको छ र नेपाली विद्यार्थीले हप्तामा २० घन्टा भन्दा बढी काम गर्न पाउने र आगामी ८ हप्तासम्म अस्ट्रेलियाको लागि उडान भर्ने नेपाली विद्यार्थीहरुले भिसा एप्लाई गर्दा लाग्ने शुल्क फिर्ता पाउने भएको गृह मन्त्रालयस्थित गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

कोरानाका कारण नेपालबाट करिब दुई बर्ष विद्यार्थी अष्ट्रेलिया जान सकेका थिएनन् । शिक्षा मन्त्रालयका अनुसार कोरोना संक्रमण फैलनुभन्दा अघिल्लो वर्ष ६५ हजार बिद्यार्थीलाई ‘नो अब्जेक्सन’ लेटर दिएको थियो । अहिले सीमा खुल्ला भएसँगै अष्ट्रेलियाको भिसा पाएका विद्यार्थीहरु त्यतातर्फ उडिरहेका छन् ।

प्रकाशित : ५ माघ २०७८, बुधबार १४:३७