प्रोभिडेन्ट मचेन्ट बैंकिङ पहिलो पटक मुनाफामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

प्रोभिडेन्ट मचेन्ट बैंकिङ पहिलो पटक मुनाफामा



काठमाडौं । प्रोभिडेन्ट मचेन्ट बैंकिङ लिमिटेडले आर्थिक बर्ष २०७७÷७८ मा ६३ लाख ३३ हजार रुपैयाँ मुनाफा गरेको छ । कम्पनीले मंगलबार राजधानीको नयाँबानेश्वरस्थित कार्यलया गरेको सातौं र आठौं साधारणसभामा कम्पनीका अध्यक्ष तथा कार्यकारी प्रमुख बिमल तिवारीले उक्त जानकारी दिएका हुन् ।


कम्पनीको चुक्ता पूँजी ८ करोड रुपैयाँ छ । यस आधारमा कम्पनीले प्रति सेयर आम्दानी ३ रुपैयाँ १७ पैसा गरेको छ । कम्पनीले गत बर्षको आम्दानीलाई जगेडा कोषमा राखेको छ । उक्त कोषबाट आगामी बर्ष बोनस वा डिभिडेन्ट वितरण गरिने कार्यकारी अध्यक्ष तिवारीले जानकारी दिए ।


प्रोभिडेन्टको साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ । यसै गरी सभाले गत आर्थिक बर्षको लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक बर्षका लागि लेखापरीक्षकको नियुक्ति गरि पारिश्रमिक समेत तोकेको छ ।
प्रोभिडेन्टले डिम्याट खाता खोल्ने सेवा, पोर्टफोलियो मानेजमेन्ट सेवा, निक्षेप सेवा, सेयर खरिद विक्री तथा परामर्श सेवा र सेयर बजारसम्बन्धी तालिम सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : ६ माघ २०७८, बिहीबार १२:१९