नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ



काठमाडौं । नबिल बैंक लिमिटेडको संचालक समितिका नव निर्वाचित अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट बुधबार दिन पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन । पौडेल पौष ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन भएका थिए ।

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा बुधबार आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहलगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

नबिल बैंकले ३७औं साधरणसभा सम्पन्न गरेको तथा अहिले सम्म गरिआएको कार्यहरुलाई, गभर्नरले प्रोत्साहन गर्दै आगामी दिनहरुमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्ने छ भन्ने विश्वास व्यक्त गरे ।

शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । साथै, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराएका थिए ।

नबिल बैंक लिमिटेडका अध्यक्ष पौडेललाई पौष ३० गते सम्पन्न बैंकको ३७औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनी एनबी ९ईन्टरनेशनल० लि। को प्रतिनिधिको रुपमा निर्बिरोध निर्वाचित गरेको हो ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकले १३५ शाखा, १८९ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

प्रकाशित : ६ माघ २०७८, बिहीबार १३:२०