बैंक अफ काठमाण्डूका ग्राहकलाई लाइफ मेडिप्लस अस्पतालमा १० प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

बैंक अफ काठमाण्डूका ग्राहकलाई लाइफ मेडिप्लस अस्पतालमा १० प्रतिशत छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहकहरुले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन् । ग्राहकहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : ६ माघ २०७८, बिहीबार १४:५७