रिलायन्स लाइफको सीईओमा राकेश पोखरेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

रिलायन्स लाइफको सीईओमा राकेश पोखरेल नियुक्त



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राकेश पोखरेललाई नियुक्त गर्ने उक्त कम्पनीको सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृत गरेको छ ।

समितिले स्वीकृति दिएसँगै पोखरेल चार वर्षको लागि सीईओ नियुक्त भएका छन् । कम्पनीले पोखरेललाई केही समयअघि नै नियुक्ति गरेर समितिमा पठाए पनि समितिले उनको पारिश्रमिकमा प्रश्न उठाएर स्वीकृत गर्न ढिलाई गरेको थियो ।

पोखरेल विगतमा आईएमई लाईफ इन्स्योरेन्समा कामु सीईओ, सूर्या लाइफमा डेपुटी सीईओसमेत भएर काम काम गरिसकेका व्यक्ति हुन् । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

प्रकाशित : ९ माघ २०७८, आईतवार ०८:५६