एनएमबि बैंकले पठायो लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

एनएमबि बैंकले पठायो लाभांश



काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ ।

बैंकको पौष २२ गते, सम्पन्न भएको २६ औं वार्षिक साधारण सभाले पारित गरेको ३.३० प्रतिशत नगद लाभांश बुक क्लोज हुनुभन्दा अघिल्लो दिन अर्थात् पौष ६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको सम्बन्धित बैंक खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ ।

बैंकको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ९ माघ २०७८, आईतवार १५:४४