क्रिप्टोकरेन्सीको कारोबार गर्नेलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

क्रिप्टोकरेन्सीको कारोबार गर्नेलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी



काठमाडाैं । नेपाल राष्ट्र बैंकले क्रिप्टोलगायतका भर्चुअल करेन्सीको कारोबारमा संलग्नहरुलाई कारबाही हुने चेतावनी दिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएकोले यसको कारोबारमा संलग्नहरुलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो।

नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरुसमेतले त्यस्तो कार्य गरेको वा गराएको पाइएमा कारबाही हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

नेपालमा भर्चुअल करेन्सी तथा क्रिप्टाकरेन्सी मान्यता नपाएको र गैर कानूनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अबैधानिक तरिकाले रकम बाहिरिई स्वेदशी पूँजी पलायन हुने भएकाले त्यस्ता कार्य दण्डनीय र गैरकानुनी रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रकाशित : ९ माघ २०७८, आईतवार १६:५४