आइएमई लाइफको बोनसदर घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई लाइफको बोनसदर घोषणा



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६ /७७ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को लागि न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेख


सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनसदरको व्यबस्था गरिएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको १ हजार ७३६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३८ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी तथा सावधिक जीवन बीमालेख


अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा पनि न्यूनतम ३० र अधिकतम ७० रुपैयाँ तोकिएको छ । जसमा ९ वर्षसम्मको अवधिकाले पाउने छैनन् भने त्यसमाथिकाले मात्रै पाउने छन् । १० देखि १४ वर्षको अवधिकाले प्रतिहजार ३०, १५ देखि १९ वर्ष अवधिकाले ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिकाले ४८ रुपैयाँ र सो भन्दा माथिको बीमा अवधिको लागि ७० रुपैयाँ बोनसदर तोकिएको छ ।

सावधिक जीवन बीमालेख
सावधिक जीवन बीमालेखमा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । यस बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३० रुपैयाँ बोनसदर कायम गरिएको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४८ रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको १७ हजार ५३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावधिक (धन सरिता) जीवन बीमालेख

वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) बीमालेखका बीमितले सबैभन्दा कम अर्थात प्रतिहजार २० रुपैयाँ बोनसदर पाउने भएका छन् । जुन सबै बीमा अवधिकाले बराबर पाउने भएका हुन् ।

प्रकाशित : १० माघ २०७८, सोमबार १२:१९