मुक्तिनाथ विकास बैंकले ल्यायो सर्वाधिक ब्याज दिने नयाँ बचत खाता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

मुक्तिनाथ विकास बैंकले ल्यायो सर्वाधिक ब्याज दिने नयाँ बचत खाता



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सर्वाधिक ब्याज दिने नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । यो खातामा ग्राहकले १० हजार रुपैयाँ मात्रै न्यूनतम मौज्दात राख्नुपर्ने बैंकले जनाएको छ ।

यस बचत खातामा बैंकले ग्राहकहरुलाई वार्षिक ब्याजदर ७.३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने जनाएको छ । बैंकले न्यूनतम लगानीमा उच्च प्रतिफल खोज्ने ग्राहकका लागि यो खाताले फाइदा पुग्ने जनाएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निस्शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरु घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित : ११ माघ २०७८, मंगलवार ११:३८