नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०



काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो ।

जसअनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ पुगेको विभागले जनाएको छ । त्यसैगरी जनसंख्या वुदीदर घटेको छ । २०६८ सालमा१ प्रतिशत भन्दा बढि रहेको वुद्धिदर घटेर ०.९३ प्रतिशतमा झरेको छ ।

६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो । विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो ।

त्यसैगरी २१ लाख ६९ हजार ४ सय ७८ जना विदेशमा रहेका छन् ।

प्रकाशित : १२ माघ २०७८, बुधबार १३:४१