नयाँ नोट भोलिबाट वितरण हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नयाँ नोट भोलिबाट वितरण हुने



money2-390x293काठमाडौं, ९  असोज । दशैंका लागि सर्वसाधारणले भोलि सोमबारबाट नयाँ नोट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आजबाट नयाँ नोट उपलब्ध गराउन थालेको छ, भने बैंकहरुले भोलिबाट नयाँ नोट सर्वसाधारणलाई उपलब्ध गराउने भएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुलाई आजदेखि आगामी १४ गतेसम्म नयाँ नोट उपलब्ध गराइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

त्यस्तै राष्ट्र बैंकको कार्यालयबाट भने सर्वसाधारणले असोज १६ गतेबाट नयाँ नोट प्राप्त गर्न सक्नेछन् । नयाँ नोट थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयसँगै क्षेत्रीय कार्यालयबाट उपलब्ध गराइने राष्ट्र बैंकले जानकारी दिएको छ ।

एक जनालाई ३७ हजार रुपैयाँ नयाँ नोट उपलब्ध गराउने बैंकले जनाएको छ । गत वर्ष एक जनालाई २२ हजार रुपैयाँ सटही सुविधा दिइएको थियो ।

प्रकाशित : ९ आश्विन २०७३, आईतवार ०६:४३