सनराइज बैंकले किन्यो एनआईडीसी क्यापिटल मार्केट्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइज बैंकले किन्यो एनआईडीसी क्यापिटल मार्केट्स



636104331522968750काठमाडाै  १० असोज । सनराइज बैंक लिमिटेडले एनआईडीसी क्यापिटल मार्केट्स लिमिटेडलाई पनि किनेको छ । बैंक र क्यापिटलका अध्यक्षहरुबीच आईतबार त्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।केही महिनाअघि नारायणी नेशनल फाईनान्सलाई आफुमा मिलाएको सनराईजले सामुहिक लगानी कोष र धितोपत्र सम्बन्धी कारोबार गर्न सहज हुने गरी एनआईडीसीलाई किनेको हो ।

यस सम्झौतासंगै एनआईडीसी. क्यापिटल मार्केटसको धितोपत्र कारोवार रोक्का गरी पूर्वस्वीकृतिको लागि नेपाल राष्ट्र्र बैंकमा दरखास्त दिईने बैंकले जनाएको छ ।

एनआईडीसी क्यापिटल मार्केट्सले प्रारम्भ देखि एनसीएम. मर्चेण्ट बैंकिंग लि. स्थापना गरी सफलतापूर्वक मर्चेण्ट बैंकिंग कारोवार गर्दै आएकोे छ । एनसीएम मर्चेण्ट बैंकिंग नेपालमा पहिलो पल्ट म्युचुअल फण्ड संचालन गर्ने संस्था हो । यस प्राप्ति पश्चात बैंकको पहुच तथा ब्यबसाय क्षमतामा ब्यापक बढोत्तरी हुनुका साथै मेचेण्ट बैंकिंगमा समेत सनराइज बैंकको उपस्थिति हुने आशा गरिएको छ ।
सनराइज बैंक लि.ले हाल रु. ५३ अर्वको निक्षेप संकलन गरी रु. ४७ अर्वको कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको निमित्त बैंकले ३३.३३ प्रतिशत वोनस शेयर दिने प्रस्ताब गरी सकेको छ । बोनस हाल तीन अर्व ९७ करोड चुक्ता पूँजी रहेको सनराइज बैंकको बोनस शेयर निष्काशन तथा एनआईडीसी. क्यापिटल मार्केट्स प्राप्ति पछि चुक्ता पुंजी झण्डै ५ अर्व ५० करोड पुग्ने हुन्छ । एनआईडीसीको सनराईजले प्राप्त गर्दा कायम हुने स्वाप रेसियो भने खुलाईएको छैन ।

प्रकाशित : १० आश्विन २०७३, सोमबार १४:५९