हुन्डी कारोबारलाई कडाई गर्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हुन्डी कारोबारलाई कडाई गर्ने तयारी



काठमाडौ ।नेपाल राष्ट्र बैकले हुन्डी कारोबारलाई कडाई गर्ने तयारी गरेको छ । आइतबार राजधानिमा आयोजित एक कार्यक्रममा राष्ट्र बैंकका प्रवक्ता डा. मीनबहादुर श्रेष्ठले हुण्डी र अवैध कारोबार रोक्न अर्थमन्त्रालय र राष्ट्र बैक सम्मलीत एक कार्यदलले अध्ययन थालिसकेको बताए । उनका अनुसार अध्ययनपछि वैधानिक कारोबारलाई प्रोत्साहन गर्न हुण्डी कारोबारीलाई कारवाही थालिने जानकारी दिए । साथै उनले हुण्डी कारोबारलाई निरुत्साहीत गर्न विदेशमा रहेका कामदारलाई समेत हुण्डी मार्फत रकम नपठाउन आग्रह गरेका छन । राष्ट्र बैकका अनुसार अझैपनि झण्डै तीस प्रतिशत विप्रेषण हुण्डीमार्फत भित्रने गरेको छ
विप्रेषण रकम वितरण्ाँमा काम गर्दै आएको आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हुन्डीमार्फत रकम पठाउने वर्गलाई निरुत्साहित गर्न सरकारले कामदार वर्गलाई सचेत गर्नुपर्ने बताए ।

प्रकाशित : ३२ जेष्ठ २०७२, सोमबार ०२:५९