भुकम्प प्रभावित ५० गविसका किसानलाई तरकारीको विउ वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भुकम्प प्रभावित ५० गविसका किसानलाई तरकारीको विउ वितरण



काठमार्डा । नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघ ले धदिङ र मकवानपुरका ५० वटा गाविसमा विभिन्न जातको तरकारीको विउ वितण गरेको छ । एग्रीटेराको सहयोगमा, इन्जा जेडन हङकंगबाट प्राप्त करेला, गोलभेडा, काँक्रो र फर्सीको १ सय ८६ किलो विउ वितरणका लागि साना किसान कृषि सहकारी संघ धादिङ र कृषि सहकारी संघ मकवानपुरलाई हस्तान्तरण गरिएको छ ।  हस्तन्तरण कार्यक्रममा संघका अध्यक्ष खेम वहादुर पाठकले किसानहरुलाई केन्द्रीत गरेर प्राप्त भएको सहयोग खास पिडित किसान सम्म पुर्याउनु पर्नेमा जोड दिए ।


उनले भुकम्पका कारण विस्तापित किसानहरु अझै सहज रुपमा कामकाजमा फर्कन नसकेको प्रति दुःख प्रकटगरे ।  पाठकले घरवासका लागि जस्ताको व्यवस्था, खेतिपातीका लागि मल विउको सहज उपलब्धता गराउन सके किसानहरु उत्पादन मुलक कार्यमा लाग्न तत्पर रहेको बताउनुभयो । विउ धदिङका ३५ गाविस र मकवानपुरका १५ गाविसमा वितरण गरिने छ ।
भुकम्पका कारण ४ सय ९० कृषकको मृत्यु भएको, ११ सय घाईते भएको र ८५ हजार घरपरिवार विस्थापित हुनु परेको केन्द्रीय संघले जानकारी दिएको छ । संघले यसअघि पनि १७ सय क्विन्टल चालम, १४ सय ६४ वटा टेन्ट, २९ थान सोलार, ४ सय ५० वटा टर्चलाईट लगायत दैनिक उपभोग्य सामग्री नुन, तेल, कपडा लगाएतको राहत सामग्री मुख्य प्रभावित जिल्लाका किसानहरुलाई वितरण गरिसकेको छ ।

प्रकाशित : ३२ जेष्ठ २०७२, सोमबार ०९:१५