अरुण काबेलीको आइपीओ निश्कासन गर्न बाटो खुल्यो, कात्तिक ७ देखि आवेदन दिन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अरुण काबेलीको आइपीओ निश्कासन गर्न बाटो खुल्यो, कात्तिक ७ देखि आवेदन दिन सकिने



काठमाडाै। नेपाल धितोपत्र बोर्डले अरुण काबेली पावर लिमीटेडलाई ३० करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको अन्तिम स्वीकृति दिएको छ ।
२५ मेगावाटको अरुण काबेलीले १ सय रुपैयाँ अंकित मूल्यको कुल ३० लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्न लागेको हो । यो कम्पनीको कुल चुक्तापूँजीको २० प्रतिशत अर्थात कुल ३० करोड रुपैयाँ बराबरको आइपीओ आउन लागेको बताइएको छ ।

अरुण काबेलीको आइपीओ निश्कासन तथा व्यवस्थापनमा सिद्धार्थ क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । स्रोतका अनुसार बोर्डबाट स्वीकृत ३० करोड रुपैयाँको आइपीओका लागि आगामी कात्तिक ७ देखि आवेदन खुल्नेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि बढीमा १५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

कम्पनीको हालको चुक्तापूँजी १ अर्ब २० करोड रुपैयाँ छ । ३० लाख कित्ता आइपीओ जारी भएपछि चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

यसअघि अरुण काबेलीले आयोजना प्रभावित ताप्लेजुंग र पाँचथरका सर्वसाधारणका लागि १५ लाख कित्ता सेयर आइपीओ गरेको थियो । २०७३ जेठ १७ गतेदेखि आयोजना प्रभावितका लागि सेयरमा आवेदन मागिएको थियो ।

प्रकाशित : १७ आश्विन २०७३, सोमबार ०९:०१