यस्ता छन् अर्बपतिहरुको मुख्य समस्या « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्ता छन् अर्बपतिहरुको मुख्य समस्या



काठमाडाै  १८ असोज । हामीसँग विश्वकै सारा पैसा आयो भने सबै दुःख दर्द दूर होला, कुनै पनि सास्ती भोग्नु नपर्ला अथवा जिन्दगीको सबै समस्याको समाधान होला भनेर तपाईं सोच्नुहुन्छ भने यो गलत सोंच हो ।

वास्तविकतामा यस्तो बिल्कुल हुन्न । अकूत सम्पत्ति भएर पनि अर्बपतिहरुलाई कैयन समस्याहरुले पिरोलिरहेको हुन्छ । यस्ता समस्याबाट उनीहरु जेलिएका हुन्छन्, जसलाई पैसाको बल वा जोडमा दूर गर्नै सकिन्न । त्यसकारण धेरै पैसा धेरै समस्या भनियो भने अत्योक्ति नहोला । एक ब्रिटिस मिडियाले अर्बपतिहरुको मुख्य समस्याको बिषयमा लामो खोज गरी रिपोर्ट तयार गरेको छ । wealth

विवाह बचाइराख्ने दिक्दारी

बीबीसी क्यापिटलमा प्रकाशित एक रिपोर्टका अनुसार धेरै पैसा भएपछि विवाहलाई बचाइराख्न वा वैवाहिक जीवन टिकाइराख्न निकै कठीन हुन्छ । विवाह अधिकांश मानिसका लागि म्याराथुनजस्तै हो । कयौं समय तपाईं विवाह बचाइराख्ने सोच्नुहोला, तर यो संभव हुन्न । विवाह टुटाउन चाहँदा समेत त्यो निकै महंगो साबित हुन्छ । धनी मानिसका लागि सम्बन्धबिच्छेद गर्न सहज होला । तर धेरै कठिनाई र हण्डर ठक्कर खाँदा समेत यस्ता मानिसहरु विवाहको मामलामा टिकिरहन सक्दैनन् ।

बालबच्चाको हेरविचार गर्ने दिक्दारी
द एक्सीडेन्टल बिलेनियर्स नामक किताबका लेखक बेन मेजरिचका अनुसार अर्बपतिहरुको एउटा निकै ठूलो समस्या वा दिक्दारी बालबच्चाको लालनपालन पनि हो । मेजरिचका अनुसार पैसावालाका बच्चाहरुका कयौं समस्या हुन्छन् । यस्ता बच्चालाई कहिल्यै पनि जीवनमा संघर्ष गर्नुपर्दैन । संघर्षले हामीलाई मजबुत बनाउँछ । यदि तपाईंले संघर्ष गर्नुभएको छैन भने तपाई उति मजबुत बन्न सक्नुहुन्न । तपाईं संघर्षबिना हरेक समस्या वा परिस्थितिको सामना गर्नै सक्नुहुन्न ।

गर्लफ्रेण्डले गर्दैनन् कलब्याक
फाइनान्सियल समस्या बाहेक अर्बपतिहरुको अन्य समस्या समेत आम मानिसको जस्तै हुन्छ । द एक्सीडेन्टल बिलेनियर्स किताबका लेखक बेन मेजरिचले लेखेका छन् कि करोडपतिहरुका गर्लफ्रेण्डहरुले हतपत उनीहरुलाई फोन गर्दैनन् वा कलब्याक पनि । यो किताबमाथि पछि द सोसल नेटवर्क नामको फिल्म नै बनेको थियो ।

स्वार्थी साथीको भीड
बीबीसी क्यापिटलका अनुसार अर्बपतिहरुको बिषयमा मानिसहरुमा रहेको पहिलादेखिको सोंचले पनि समस्या निम्त्याइदिन्छ । अर्बपतिको आसपास प्राय मानिसको भीड रहिरहन्छ । यस्तो भीडमा उनीहरुको वास्तविक साथीको पहिचान गर्न निकै मुश्किल पर्छ । यस्तोमा अधिकांश साथी मतलबी र अवसरवादी हुन्छन् ।

असुरक्षाको डर
निजी सुरक्षाको बिषय अर्बपतिका लागि निकै ठूलो दिक्दारी हुने गर्छ । उनीहरुलाई सधैं आफू अपहरणमा परिने डरले चिमोटिरहन्छ । उनीहरुलाई लाग्छ कि कसै न कसैले उनीहरुमाथि आँखा लगाइरहेको छ । कुनै अर्बपति  बुबाआमाको सन्तान हुनु पनि सहज हुन्न । अर्बपतिहरुलाई पनि आफ्नो बच्चाको सुरक्षाको सधैं चिन्ता हुने गर्छ ।

आफन्तको दिक्दारी
अर्बपतिहरुको अर्को महत्वपूर्ण समस्या भनेको परिवारभित्रको नाता सम्बन्धको पनि हुने  रिपोर्टमा उल्लेख छ । परिवारका हरेक सदस्य र आफन्त त्यस्ता सुखसुविधा चाहन्छन, जुन अर्बपतिको साथमा हुन्छ । मानिसहरु ती सुखसुविधा पाउनका लागि अर्बपति बन्नेहरुले कति वर्षसम्म कस्ता कस्ता हण्डर ठक्कर खाएका होलान् भनेर कहिल्यै सोच्दैनन् वा सोच्न उचित ठान्दैनन् ।

मृत्युको डर
तपाईंसँग जतिसुकै पैसा भए पनि एउटा कुरा निश्चित छ कि मृत्यु अवश्यम्भावी छ । मृत्युमाथि कुनै पनि अर्बपतिको कुनै जोर चल्दैन । अर्बपतिहरुलाई पनि यस्तो कुराले निकै सताउने गर्छ । यसलाई मृत्युको डर समेत भनिने रिपोर्टमा उल्लेख छ ।

प्रकाशित : १९ आश्विन २०७३, बुधबार ०२:३१